यसपालि एसएलसी रिजल्ट 'दिउँसै', बोर्ड बैठक जारी - ekantipur
Jun 13, 2012
भक्तपुर, जेष्ठ ३१ - रात परेपछिमात्रै नतिजा प्रकाशन गर्ने परम्परा तोड्दै यसवर्ष एसएलसी परीक्षाको नतिजा दिउँसै आउने भएको छ ।
नतिजा प्रकाशनका लागि अहिले बोर्ड बैठक जारी छ । बैठकमा शिक्षा सचिव, शिक्षा विभागका महानिर्देशक, पाठ्यक्रम विकास केन्द्रका निर्देशकलगायतको उपस्थिति छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसीको नतिजा बुधबार प्रकाशित गर्ने तयारी गरेको उप नियन्त्रक अम्विकाप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार दिउँसो २ बजेसम्ममा नतिजा आउने छ ।
Source : ekantipur