Latest News

बेल्जियममा नेपाली झण्डाको चर्चा - Onlinekhabar

Aug 15, 2012

बोर्नेम । नेपालको राष्ट्रिय झण्डाको चर्चा बेल्जियमको बोर्नेममा आयोजित एक सय किलोमिटर पदयात्रामा पनि भएको छ । ४२ वर्ष पहिले देखि बेल्जियम तथा अन्य बिभिन्न देशका पदयात्रीहरुको बिचमा साथित्व र भातृत्वको विकासको लागि हरेक समरकालमा आयोजना हुने बेल्जियमको बोर्नेम स्थित “१०० किमि डोडन तोख्त काडे” नामक गैर सरकारी संस्थाको आयोजनामा भएको पदयात्रामा पनि पाएको हो ।

पदयात्रमा नेपालका तर्फवाट नेपाली जनप्रगतिशिल मञ्च, बेल्जियमको गेण्ट सदस्य राजेन्द्र देवकोटाले नेपालको झण्डा सहित बुद्ध नेपालमा जन्मेको हो भन्ने टि सर्ट लगाएर भाग लिनु भएको थियो । पदयात्रामा दश हजार नौसय जनाले भाग लिएका थिए भने छ हजार जनाले मात्रा तोकिएको समयमा यात्रा पुरा गर्न सफल भएका थिए ।


नेपालको सहभागिताले नेपाल र बुद्धको बारेमा सहभागीहरुको बिचमा निकै चर्चा र नेपालको झण्डाले धेरै पत्रकार, आयोजक, दर्शकहरु र सहभागीहरु आकषर्ीत गरेकोे थियो । सो अवसरमा नेपाल र गौतम बुद्धको बारेमा विभिन्न ब्यक्तिहरुले राखेको जिज्ञासाहरुको देवकोटाले सकेसम्मा सविस्तार प्रष्ट पार्नु भयो । यसभन्दा पहिले पनि यस्ता यात्रामा तिन पटक सहभागी जनाई सकेतापनि यसपटकको सहभागीले विगतको भन्दा नेपालको बारेमा पर्यटन बिकास र गौतम बुद्धको बारेमा प्रचार गर्न पउँदा निकै उपलब्धि हासिल भएको कुरा उहाँले वताउनुभयो ।


Source : Onlinekhabar