Latest News

एएफसी प्रेसिडेन्टकप खेल्न पुलिस कोम्बोडिया प्रस्थान - Jhoomka

May 2, 2012

काठमाडौं, वैशाख २०, एएफसी प्रेसिडेन्टकप फुटवल प्रतियोगिताको समूह चरण खेल्न नेपाल पुलिस क्बल आज कोम्बोडिया प्रस्थान गरेको छ । प्रहरी प्रशिक्षण केन्द्र महाराजगञ्जमा आज प्रहरी टोलीलाई अखिल नेपाल फुटवल संघ (एन्फा)का अध्यक्ष गणेश थापा लगायतका पदाधिकारीहरुले विदाई गरेका थिए ।

प्रतियोगितामा पुलिसलाई यस पटक कमजोर टोलीका रुपमा लिइएको छ । पुलिसका स्ट्राइकर जुमानु राई घाइते छन् भने अर्का भरपर्दा स्ट्राइकर भरत खवासले टिम छोडिसकेका छन् । यी दुई स्ट्राइकरको अनुपस्थितिमा पुलिसलाई राम्रो मानिएको छैन । पुलिसले पछिल्ला प्रेसिडेन्टकपमा पनि राम्रो प्रदर्शन देखाएको छैन ।

समूह ‘बी’ मा रहेको पुलिसले प्रतियोगिताको पहिलो खेल किर्गिस्तानको डोरडोई डाईनामोसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल घरेलु टोली नोमफेन क्राउनसँग खेल्नेछ । पुलिसले तेस्रो खेलमा भुटानको एदजिन क्लबको सामना गर्नेछ । पुलिसका लागि कम्बोडियाको नोमफेन नयाँ प्रतिद्धन्दी हो । यस समूहबाट शीर्ष हुने २ टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

Source : Jhoomka