Latest News

फेसबुक मालिककी बहिनी गुगलकी जागिरे - Onlinekhabar

Aug 2, 2012

फेसबुकका संस्थापक मार्क जुकरबर्गकी बहिनी अरियली जुकरबर्ग गुगलकी जागिरे भएकी छिन् । गुगलले गत मंगलबारमात्र सोसल मार्केटिङ कम्पनी वाइल्डफायर कम्पनी किनेपछि त्यसमा कार्यरत जुकरबर्ग बहिनी पनि गुगलको जागिरे भएकी छिन् । चार बर्ष पुरानो वाइल्डफायरमा उनीसहित करिव चार सय कर्मचारी अब गुगलका कर्मचारी भएका छन् । उनले आफ्नो ब्लगमा ‘जुनियर प्रोडक्ट म्यानेजर’ पद उल्लेख गरेकी छिन् ।

बहिनी अरियलीले ट्वीट गर्दै अब फेसबुकमा भन्दा गुगलमा धेरै जुकरबर्गहरुले काम गर्ने घोषणा गरेकी छिन् । अघिल्लो बर्षमात्र फेसबुकको मार्केटिङ डाइरेक्टरको पदबाट राजीनामा दिएर बसेकी मार्ककी अर्की बहिनी र्‍याण्डीले पनि गुगल नै ज्वाइन गर्न लागेको हुनसक्ने अनुमान गरेका छन् । ६ बर्ष फेसबुकमा दाजुसँगै काम गरेकी र्‍याण्डी आफ्नै मिडिया कम्पनी खोल्ने भन्दै फेसबुकबाट बाहिरिएकी थिइन् ।
सीएनएनले सो कम्पनी चार अर्ब डलरमा किनेको हुनसक्ने बताएको छ ।

Source : Onlinekhabar