Latest News

माइक्रोसफ्टले ल्यायो ट्याब्लेट - ekantipur

Jun 20, 2012

काठमाडौं , असार ६ - सफ्टवेयरको व्यापारमा सफल कम्पनी माइक्रोसफ्टले ट्याब्लेट पीसी बजारमा ल्याएको छ । कम्पनीले विन्डोज ८ अपरेटिङ सिस्टम भएको सरफेस ट्याब्लेट सोमबार राति सार्वजनिक गरेको हो । माइक्रोसफ्टले केही महिनाभित्र विन्डोज अपरेटिङ सिस्टमको नयाँ भर्सनका रूपमा विन्डोज ८ ल्याउन लागेको छ ।

माइक्रोसफ्टका विन्डोज ८ अपरेटिङ सिस्टम भएको यी टचस्क्रिन ट्याब्लेट दुई प्रकारका छन् । कम्पनीले इन्टेल र एआरएस प्रोसेसर प्रयोग गरिएको दुई प्रकारका ट्याब्लेट सार्वजनिक गरेको छ । यी दुईको स्टोरेज क्षमता फरक छ । एआरएसमा कम स्टोरेज क्षमता छ । 

नयाँ ट्याब्लेटले विश्वमा सबैभन्दा बढी बिक्री भइरहेको आइप्याडलाई चुनौती दिने बताएको छ । आफ्नै अफिस प्रोगाम र फोटोसप यसमा प्रयोग हुने छ । जसले यसमा प्रयोगका लागि ग्राहकलाई रुचिकर हुने छ ।

विन्डोज अपरेटिङ सिस्टम चलाउँदै आएकाहरूका लागि यो सहज पनि हुने छ । विन्डोज ८ प्रयोग गरेर ट्याब्लेट ल्याउने तयारी गरिरहेका वा ल्याएका कम्पनीका लागि भने यो सुखद समाचार हैन ।

'यो कम्पनीको आफ्नै हार्डवेयर हो,' कम्पनीका प्रमुख कार्यकारी स्टेभ बाल्मरले ट्याब्लेट सार्वजनिक गर्ने कार्यक्रममा भने ।

यस ट्याब्लेटमा १० दशमलव ६ इन्चको डिस्प्ले छ । राख्ने की स्ट्यान्डसहित यो बनाइएको छ ।

एआएम प्रोसेसर रहेको ट्याब्लेट ० दशमलव ४ इन्च बाक्लो छ । यो आइप्याडभन्दा केही पातलो हो । यसमा भिडियाले बनाएको चिपसेट प्रयोग गरिएको छ ।

Source :
ekantipur