Latest News
सुनको भाउ तोलामा हजारभन्दा बढी - Nagarik News
Jul 29, 2012
काठमाडौँ, साउन १४- नेपाल सुनचाँदी व्यवसायी सङ्घले साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ५७ हजार १ सय १० रुपियाँमा कारोबार भएको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको अवस्था कमजोर भई गएको आइतबार प्रतितोला रु ५५ हजार ८०० मा कारोबार भएकामा आज प्रतितोला रु एक हजार ३ सय १० ले वृद्धि भएको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए।
त्यसैगरी तेजाबी सुनको मूल्य आज प्रतितोला रु ५६ हजार ८ सय ६० कायम भई कारोबार भएको छ। सोको मूल्य अघिल्लो आइतबार रु ५५ हजार ५ सय ५० थियो। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु एक हजार १० बाट रु १५ ले वृद्धि भई रु एक हजार २५ कायम भएको छ।
सङ्घका अध्यक्ष शाक्यले अमेरिकी डलरको अवस्थामा आउने उतारचढावले त्यसको नेपाली विनिमयमा पर्ने प्रभावले नेपाली बजारमा सुनको मूल्यमा असर पार्ने र अमेरिकी डलरमा सुधार नआउँदासम्म मूल्य घट्न नसक्ने जानकारी दिए।
Source : Nagarik News