Latest News

पूर्व सभामुख नेम्बाङद्वारा सुविधाको गाडि फिर्ता - ekantipur

Jul 29, 2012

काठमाडौ, श्रावण १४ - पूर्व सभामुख सुवास नेम्बाङले आफूले प्रयोग गर्दै आएको गाडि  आइतबार फिर्ता गरेका छन् । उनले बा १ झ ८४ नम्बरको स्कार्पियो गाडि सुविधाका लागि पाएका थिए ।

नेम्बाङले गाडी मर्मत, सचिवालय खर्च, ड्राइभर खर्चलगायत कुनै पनि शीर्षकमा नेपाल सरकारका तर्फबाट भूतपूर्व पदाधिकारीलाई दिने भनिएको कुनै रकम पनि नबुझेको समेत स्वकीय सचिव बुद्धिप्रसाद खनालले जानकारी दिए ।

यसअघि सरकारी गाडि सुविधाका लागि पाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता  माधव कुमार नेपाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनालले पनि आफ्नो सुविधाका लागि पाएका गाडि फिर्ता गरिसकेका छन् ।

Source : ekantipur